कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित एक युवक समातिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका-४ खुल्ला मञ्च कम्पाउण्ड भित्रबाट सोही ठाउँका २२ वर्षीय रमेश दमाई विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ परेका हुन् ।


उनलाई शनिवार प्रतिबन्धित लागूऔषध बुपरनेशन इन्जेक्सन आइपी २ एमएल एम्पुल–१० थान, फेनारगन एम्पुल–१० थान, लाइफलाइन सिरिन्ज ३ एमएल ५ थान, ५ एमएल १८ थानसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ।
