काठमाडौँमा ‘हावाको कुरा गरौँ’ अभियान

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँगको सहकार्यमा हाँडीगाउँको अंशुवर्मा डबलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु गरेको छ । उपत्यकामा बढ्दै गएको वायु प्रदूषणको अवस्थामा सुधार ल्याउनका लागि समुदायको सहभागिता र सचेतना बढाउन ‘हावाको कुरा गरौँ’ अभियान सुरु गरेको हो ।

maya metro hospital

काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले उपत्यकाको हावा स्वच्छ बनाउने अभियान सुरु गरेको बताए । काठमाडौँ उपत्यकामा वायु प्रदूषण सुधार गर्ने कार्यक्रमका बारेमा यूएसएडका स्वच्छ हावा परियोजनाका प्रमुख भुषण तुलाधरले प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ भएको बताए ।

citizen security services

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा गएको ५ महिनादेखि हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.