घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुनेछ ।


लिग २ को नयाँ साइकलको पहिलो त्रिकोणात्क शृखंलामा नेपाल र नेदरल्याण्ड्ससँगै नामिबिया पनि सहभागी छ । नामिबियाले चारै खेल खेलिसकेको छ । जसमा तीन खेल जित्दा एक खेलमा पराजित भएको थियो ।

नेपाल र नेदरल्याण्ड्सले भने तीन खेल खेल्दा समान एक खेल जितेका छन् । नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल ९ विकेटले जितेको थियो ।

नामिबियासँग भने नेपाल दुवै खेलमा पराजित भएको थियो । यस्तै नेदरल्याण्ड्स र नामिबिया विरुद्धको खेलमा दुवै टिमले एक-एक खेल जितेका थिए ।