डलर साट्ने प्रलोभन देखाएर बेलौरीकी एक महिला ठगिइन्

कञ्चनपुर – अमेरिकी डलर साट्ने प्रलोभन देखाएर कञ्चनपुरको बेलौरीकी एक महिला ठगिएकी छिन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–८ बस्ने सलिना चौधरीलाई अनलाइनबाट ७३ हजार रकम ठगी गरिएको हो ।

maya metro hospital

फागुन ९ गते अपरिचित नम्बरबाट वाट्सएपमा भिनाजुले अमेरिकी डलर पठाएको छ भन्दै कल आएपछि अपरिचित व्यक्तिसंग कुराकानी गर्दा ठगिएको चौधरीले बताएकी छिन ।
उनलाई अपरिचित व्यक्तिले रकम साट्नुअघि ७३ हजार माग गरेका थिए ।

citizen security services

उनले आफुलाई प्रलोभन देखाएर रकम लुटिएको भन्दै रकम ठगी गर्ने व्यक्तिको खोजी गरी आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय झलारीमा निवेदन दर्ता गरेकी छन् ।

attariya hospital

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुडाऐरले ठगीको अनुसन्धान भइरहेको जनाएका छन ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.