धनगढीबाट लागूऔषध सहित एकैदिन ६ जना युवक पक्राउ

धनगढी – कैलालीको धनगढीबाट लागूऔषध सहित ६ जना पक्राउ परेका छन् । धनगढीका छुट्टाछुटै स्थानबाट शुक्रबार कञ्चनपुर, बझाङ र डोटीका ६ युवक पक्राउ परेका हुन ।

maya metro hospital

धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट ४०० मिलिग्राम लागूऔषधसहित कन्चनपुरको पुनर्वासनगरपालिका–१० भिमबस्ती बस्ने २३ वर्षीय नविन सुनारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

citizen security services

धनगढी उपमहानगरपालिका–२ फनपार्कबाट १ ग्राम ५०० मिलिग्राम लागूऔषधसहित बझाङको दुर्गाथली गाउँपालिका–७ बस्ने १९ वर्षीय रोहित सिंह पक्राउ परेका छन ।

attariya hospital

यस्तै धनगढी उपमहानगरपालिका–२ कै ट्राफिक चोकबाट ११० मिलिग्राम लागूऔषधसहित डोटीको शिखर नगरपालिका–८ बस्ने २१ वर्षीय कबिर बलायरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.