धनगढी – कैलालीको कैलारी गाउँपालिकाबाट अबैध काठ बरामद गरिएको छ । कैलारी गाउँपालिका – १ दम्मारा स्थित कटैनी नदीको छेउमा लुकाई छिपाई राखेको सिसमको गोलिया थान १० र आपको गोलिया २ थान बरामद गरिएको हो ।

उक्त काठ वेवारिसे अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ ।

बरामद गरेको काठ आवश्यक कारवाहीको लागि प्रहरीले सव डिभिजन वन कार्यालय बसन्ता कैलालीलाई बुझाएको प्रहरीको भनाइ छ ।
