कञ्चनपुरको कृष्णपुरमा ट्रक, टिप्पर र कार एक आपसमा ठोक्किए

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ गुलरीया बजार नजिकै ट्रक, टिप्पर र कार एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । गुलरीया बजार देखि ५ सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किदा संगसंगै गुडिरहेको कार पनि अनियन्त्रीत भएर दुर्घटना भएको हो ।

maya metro hospital

दुर्घटनामा कार सडकदेखि १० मिटर तल खसेको छ । दुर्घटनामा केहि व्यक्ति घाइते भएपनि विस्तृत विवरण आइनसकेको इलाका प्रहरी कार्यालय गुलरीयाका प्रमुख कर्ण बहादुर बोगटीले बताएका छन । उनले घटनास्थलमा प्रहरी प्ररिचालन गरिएको बताए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.