कैलालीमा कारले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

धनगढी – कैलालीमा कारले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका – २ मोतिपुर चोक स्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतिय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका – १ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको मृत्यु भएको हो ।

maya metro hospital

शुक्रवार कारको ठक्करबाट गम्भिर घाईते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उक्त कार र चालक लम्कीचुहा नगरपालिका– १० बस्ने ४२ वर्षीय भुवन जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

citizen security services

उक्त कारले अन्य थप दुई जनालाई पनि लम्कीचुहा नगरपालिका – ६ मा ठक्कर दिएको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.