ताप्लेजुङ- ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनका ५६ वर्षका कर्णबहादुर कुँवरको मृत्यु भएको हो ।

आम्बेगुदिनमा गोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
