धनगढी- धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ चौराह र धनगढी-३ को राना गाँउबाट भारतबाट भन्सार छली ल्याएका २७ हजार ८८० मूल्यको सामान बरामद गरिएको हो ।

चिनी, प्याज, मिठाइ, डाल्डा, चना, बेसन, सरप, सुर्तीजन्य पदार्थ लगायतका सामान बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
