विराटनगर- मोरङमा मालवाहक ट्रक पल्टिँदा च्यापिएका ३ बालबालिकाको मत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका-४ प्रगती टोलमा मालवाहक ट्रक (लहरी गाडी) पल्टिदा किचिएर बूढीगंगा-४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सोही स्थानकी सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो ।

लहरीमा लोड गरिएको ढुंगाले थिचेर तीन जना बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मृतकको शव निकाल्न प्रहरीलाई करिब ४ घण्टा लागेको थियो ।

दुर्घटनामा परी ज्योती गम्भीर घाइते छन् । ढुंगाले थिचिएकी उनलाई उद्धार गरी विराट मेडिकल कलेज पठाइएको छ । शुक्रबार बिहान मार्बल बनाउने कच्चा पदार्थ (ढुंगा) बोकेर उद्योगतर्फ जाँदै गरेको आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगती टोलमा पल्टिएको थियो
