विराटनगर- मोरङमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् । बुढीगंगा गाउँपालिका–४ मा आरजे २९ जीबी १५६१ नम्बरको ट्रक पल्टिदा तीन बालबालिका च्यापिएका हुन् ।

ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको र उद्धार प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । किचिएका बालबालिकाको पहिचान खुल्न बाँकी रहेको डिएसपी रञ्जनकुमार दाहालले बताए ।
