कञ्चनपुरमा झण्डै एक लाख मूल्यका अवैध सामान फेला

अत्तरिया- कञ्चनपुरमा प्रहरीले झण्डै एक लाख मूल्यका अवैध सामान फेला पारेको छ । जिल्लाको पुनर्वास नगरपालिका-११ डोकेबजारमा अन्दाजी ९८ शजार ३१० रुपैयाँका अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।

maya metro hospital

चिनी, धोती, प्याज, नरिवल, गाडीमा चिप्काउने टेप, प्लाष्टिक झाल्लर लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरिरएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाइएको प्रहरीले बताएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.