विश्वकप क्रिकेट लिग-२ मा आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै

काठमाडौं –  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबिया भिड्दैछन्। खेल विहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

maya metro hospital

सिरिजमा तीन खेल खेलेको नामिबिया दुई खेलमा जितसहित तालिकको शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा र नेदरल्याड्स तेस्रो स्थानमा छ।

citizen security services

नामिबियाले नेपालसँगको दुवै खेल जितेको थियो भने नेदरल्यान्ड्ससँगको खेल हारेको थियो। उता नेपालले भने नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। अहिलेसम्म नेदरल्यान्ड्स र नामिबिया दुई पटक आमनेसामने हुँदा दुवैपटक नामिबिया पराजित भएको छ।

attariya hospital

यी दुई टोलीबीचको खेलका लागि भनेर नेपाल क्रिकेट संघ(क्यान)ले टिकट मूल्यसमेत घटाएको छ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.