नक्कली टिकट ठेली प्रकरणका दोषी सार्वजनिक गर्न माग

अत्तरिया – अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणको सत्यतथ्य सार्वजनिक गरि दोषीमाथी कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमले माग गरेको छ । रास्वपाले सत्यतथ्य सार्वजनिक गरि दोषिलाई कारबाही गर्न माग गर्दै बिहिबार कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ४ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

maya metro hospital

ज्ञापन पत्रमा हालसम्म सम्पर्कमा नआएका वर्तमान र निवर्तमान अध्यक्षलाई यथाशिघ्र कानुनी दायरमा ल्याउन पनि ज्ञापन पत्रमा माग गरिएको छ । रास्वपाका प्रदेश प्रवक्ता सन्तोष राज जोशीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा सार्वजनिक संस्थालाई मोहरा बनायर आफ्नो निजी स्वार्थ पुरा गर्ने जो कोही पदाधिकारी भए पनि कार्बाहीको लागि जिम्मेवारी हुनुपर्ने उल्लेख छ ।

citizen security services

ज्ञापन पत्रमा भनिएको छ ‘निवर्तमान अध्यक्ष असोक राज देवकोटा र वर्तमान अध्यक्ष कल्याण सिंह बोहरा हाल सम्म पनि कानुनी दायरामा नआई फारार रहेकाले निजलाई यथाशिग्र कानुनी दायरामा ल्याई घटनाको सत्यतत्य छिटो भन्दा छिटो बाहिर ल्याउन ध्यानआर्कषण सहित ज्ञापन गर्दछौ ।’

attariya hospital

अत्तरियामा पुष २६ देखि माघ ७ गते सम्म सञ्चालन गरिएको महोत्सवमा २८ वटा नक्कली टिकट ठेली भेटिएका थिए । उक्त टिकट ठेली भेटिएपछि आयोजक अत्तरिया उद्योग वाणिज्य संघले नै समितिका महासचिव शंकर खड्का, सचीव दिलिप कुमार साउँद, कार्य समिति सदस्य बम बहादुर बोगटी र दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति भुबन महरा विरुद्द किटानी जाहेरी दिएका थियो । किटानी जाहेरीपछि उनीहरुलाई २० दिन हिरासतमा राखेर प्रहरीले छोडिसकेको छ ।

अनुसन्धानका क्रममा समितिका अध्यक्ष र निवर्तमान अध्यक्ष देवकोटा विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । दुवै जना हाल फरार रहेका छन ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.