काठमाडौँ- नेपाल ए सँगको तीन खेलको एक दिवसीय क्रिकेट शृङ्खला क्यानडा-११ ले जितेको छ । तेस्रो तथा निर्णायक अभ्यास खेलमा आज नेपाललाई ४ विकेटले हराएर २-१ ले क्यानडाले शृङखला जितेको हो ।

मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर पाँच बलमा ६ विकेट गुमाएर भेटायो । उसका लागि निकोलस किर्तनले सर्वाधिक ५८ रन बनाए ।

बलिङतर्फ नेपालका शहाब आलमले ४ विकेट लिए । यसअघि मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभरमा अलआउट हुँदै १ सय ८१ रन बनायो । नेपालका लागि आसुतोष घिरैयाले २८, अर्जुन कुमालले २७ र बशिर अहमदले २५ रन बनाए ।

क्यानडा ११ का लागि निकोलस किर्तन, डिलोन हेलिगर र हर्ष ठाकेरले २/२ विकेट लिए । पहिलो खेल क्यानडाले जितेको थियो भने दोस्रो खेलमा नेपाल विजयी भएको थियो । एकदिवसीय क्रिकेट खेल्न नेपाल आएको क्यानडाले नेपालसँगको शृङ्खला ३-० ले गुमाएको थियो ।