कैलालीको गोदावरीमा सरकारी गाडीमा रातो नम्बर प्लेट प्रयोग गरेर दोहन गरिदै

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा सरकारी गाडी रातो नम्बर प्लेट प्रयोग गरेर दोहन गरेको पाइएको छ । नगरपालिकाले खरिद गरेका सरकारी गाडीमा सेतो नम्बर प्लेट प्रयोग गर्नुपर्ने भएपनि गोदावरीमा खरिद गरेको २ वर्ष सम्म पनि रातो नम्बर प्लेट प्रयोग गरेर दोहन गरेको पाइएको हो ।

maya metro hospital

यस्ता गाडी नगरपालिकाको शाखा प्रमुख, इन्जिनियर लगायतका कर्मचारीले चलाउँदै आएका छन । सरकारी गाडी रातो नम्बर प्लेट लगाएर व्यक्तिगत प्रयोग गर्दा पनि विरोध नहुने भएकाले यसरी दोहन गरिएको स्थानीयको आरोप छ ।

citizen security services

समाचार श्रोतका अनुसार यस्ता गाडी (मोटरसाइकल र स्कूटी) ५ वटा रहेका छन । यस विषयमा नगरपालिका सँग विवरण माग्दा भने सूचना दिन आनाकानी गरिएको छ । जिन्सी शाखा प्रमुख गणेश पनेरुले रातो नम्बर प्लेटका गाडी सञ्चालनमा रहेको स्वीकार गरेपनि विवरण दिन भने आलटाल गरेका छन ।

attariya hospital

अत्तरिया अनलाइनले प्राप्त गरेको सूचना अनुसार भने हाल योजना शाखा प्रमुख महाजित साउद, भवन निर्माण तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर, जनक खड्का, जिन्सी शाखा प्रमुख गणेश पनेरु लगायत ५ जनाले विगत २ वर्ष देखि सरकारी गाडी रातो नम्बर प्लेट टासेर चलाइरहेका छन । खरिद गर्ने बेलै टासिएको रातो नम्बर प्लेट गाडी रिन्यू नै नगरी सञ्चालन गरिएका छन । त्यसमध्ये केही सवारी साधन भने खरिद गर्ने बेलै टासिएको रातो नम्बर प्लेट गाडी रिन्यू नै नगरी सञ्चालन गरिएका छन । त्यसमा केही कर्मचारीको लाइसेन्स समेत नभएको बुझिएको छ ।

यसरी सरकारी गाडीमा रातो नम्बर प्लेट हालेर चलाउँदा दुरुपयोग भएको थाहा नहुने भएकाले यसो गरिएको आशंका गरिएको छ । गाडीमा रातो नम्बर प्लेट प्रयोग गरेपनि तेल भने नगरपालिकाबाटै प्रयोग गरिदै आएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.