घोडाघोडीको तिलाकर्णाली सहकारीले मनायो १२औँ स्थापना दिवस

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–२ मा रहेको तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२औँ स्थापना दिवस मनाएको छ । २०६८ फागुन ९ गते २८ जना शेयर सदस्यहरुबाट सुरुवात भएको सहकारीले वुधवार स्थापना दिवस मनाएको हो ।

maya metro hospital

२ लाख ८२ हजार पुँजीबाट सुरु भएको सहकारीमा हाल २ हजार २ सय जना शेयर सदस्य आवद्ध छन् भने, ५ हजार छ सय जना सदस्य रहेका छन् । जसको चुक्ता पुँजी १३ करोड ९४ लाख भन्दा बढी छ ।

lotus school

सहकारीको आर्थिक वर्ष ०७९/०८० को आर्थिक कारोबारको प्रतिवेदन हेर्ने हो भने, ११ करोड ७३ लाख २१ हजार ५ सय ८१ रुपैयाँ ७६ पैसाको कारोबार गरिरहँदा एक करोड ७० लाख ९३ हजार २०४ रुपैयाँ ४३ पैसा आम्दानी गरेको देखिन्छ । सो वर्ष सहकारीले १९ लाख ९ सय ७९ रुपैयाँ सात पैसा खुद नाफा गर्न सफल भएको थियो ।

attariya hospital

सहकारीको विगतको स्मरण र वर्तमानलाई चित्रण गर्दै सहकारीका व्यवस्थापक लालबहादुर भण्डारीले भने, ‘समय र उपलब्धिलाई हेर्ने हो भने संस्थाले प्राप्त गरेको सफलता निकै राम्रो हो । अहिले संस्थाले आफ्नो दैनिक बचत, बाल बचत, ऐच्छिक बचत, आवधिक बचत, सदस्य सुरक्षण र सुपर सेभिङ लगायतका शिर्षकमा सदस्यहरुबाट बचत उठाइरहेको छ । शेयर सदस्यहरुलाई आयआर्जनका कार्यहरुमा जोड्दै मात्र लगिरहेका छैनौँ कमजोर आर्थिक अवस्था भएका सदस्यहरुको जीवनस्तर उकास्न बेलाबखतमा विभिन्न आयआर्जनका कार्यक्रम समेत सञ्चालन गरिरहेका छौ ।’

जिम्मेवारीबाट पन्छिने तर आलोचना गर्दा भने अगाडि सरिक हुने प्रवृत्तिले कुनै पनि क्षेत्र अगाडि बढ्न नसक्ने तर्क राख्दै संस्थाका सबै सदस्यहरूले आआफ्नो क्षेत्रबाट अपनत्व ग्रहण गरेर सहकारीलाई अगाडि बढाउन भूमिका खेल्नुपर्ने सहकारीका व्यवस्थापक भण्डारी बताउँछन् ।

सहकारी संस्थाले मोबाइल बैंकिङ एप समेत सञ्चालनमा ल्याएको छ । जसको प्रयोग संस्थाका ३५० जना बढी सदस्यहरूले गर्दै आइरहेका छन् । घोडाघोडी नगरपालिका अन्तर्गतको वडा नम्बर १० र ७ मा एकएक वटा शाखा र कैलालीको गौरीगंगामा एक गरी सहकारीले तीन वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ ।

सहकारीमा आवद्ध दलित, सिमान्तकृत वर्ग, अपाङ्ग र लोपोन्मुख जातिका परिवारका लागि सहकारीले ३४ पैसा मासिक ब्याजदर हुने गरी घुम्ती कोष कर्जा समेत सञ्चालनमा ल्याएको छ । अझ घोडाघोडी क्षेत्रमा प्रशस्त मात्रामा रहेका तालतलैया, वन जङ्गल र सिमसार आसपास बसोबास गर्दै आइरहेका सहकारीका सदस्यहरुको हकमा समेत सस्तो दरमा विशेष कर्जा प्रवाह गरेको छ ।

यसरी प्रवाह भएको कर्जाबाट पशुपालन तथा मत्स्यपालन गरेर सहकारीका सदस्यहरुले आफ्नो जीवनस्तर उकास्न सफल भएको घोडाघोडी नगरपालिका-१० बस्ने औंशीला बुढा बताउँछिन् । पछिल्लो समय केही सहकारीका सञ्चालकहरुले बदमासी तथा आर्थिक हिनामिना गरेका समाचार आइरहेको सुनाउँदै सहकारीका संस्थापक अध्यक्ष रणबहादुर भण्डारीले आफूहरुको सहकारीमा त्यस्तो कुनै समस्या नरहेकाले ढुक्क रहन शेयर सदस्यहरूलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.