बैतडीमा कार्यसम्पादन मूल्याङ्कनमा पुर्चौडी पहिलो

बैतडी- बैतडीमा कार्यसम्पादन मूल्याङ्कनमा पुर्चौडी नगरपालिका पहिलो स्थानमा छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ३८.५३ प्रतिशत अंक ल्याएर पुर्चौडी नगरपालिका पहिलो स्थानमा रहेको हो ।

maya metro hospital

त्यसैगरी आयोगको कार्यसम्पादन मूल्याङ्कनमा मेलौली नगरपालिकाले २९.९४ प्रतिशत अंक पाएको छ भने पाटन नगरपालिकाले २७.६९ प्रतिशत, सुर्नया गाउँपालिकाले २७.५९, शिवनाथ गाउँपालिकाले २६.९७, सिगास गाउँपालिकाले २५.७४, दशरथचन्द नगरपालिकाले २५.४९, पञ्चेश्वर गाउँपालिकाले २५.०२, दोगडाकेदार गाउँपालिकाले २३.२७ र डिलाशैनी गाउँपालिकाले २१.३० प्रतिशत अंक पाएको छ ।

citizen security services

आयोगले देशभरका स्थानीय तहहरुको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ । कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि विभिन्न १६ ओटा सूचक तय गरिएको थियो ।

attariya hospital

जसमा पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे–नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे–नगरेको लगायतका सूचक राखिएका छन् ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.