घोडाघोडीका नगरप्रमुखले घर लगेको सरकारी स्कुटर फिर्ता गरे

घोडाघोडी- तिन महिना पहिले कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक बहादुर रावतले श्रीमतीको लागी घर लगेको सरकारी स्कुटर बुधबार नगरपालिकालाई फिर्ता गरेका छन् ।

maya metro hospital

श्रीमतीलाई खुशी पार्न नगरप्रमुख रावतले सरकारी स्कुटर घर लगेको विषयमा गएको मंगलबार विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएको थियो ।

citizen security services

समाचार प्रकाशित भए पश्चात् उक्त कुरालाई लिएर नगरप्रमुख रावतको तिब्र आलोचना समेत भैइरहेको थियो । केहिमहिना देखि नगरपालिकाबाट गायब भएको स्कुटर बुधबार दिउँसोको समयमा एकाएक नगरपालिका परिसरमा देखिएको नगरपालिकाका एक जनप्रतिनिधिले बताए ।

attariya hospital

नगरपालिकाको मोटरसाईकल घर लगेका नगरप्रमुख रावतले श्रीमतीको सल्लाहमा मोटरसाईकल फिर्ता गरेर घोडाघोडी नगरपालिकाको सु.प.प्र.०१–००१ ब २०५९ नम्बरको स्कुटर घर लगेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.