खाेज्नुहाेस

कैलालीको भाँसुभीर नजिकै विस्फोट हुँदा दुई जना घाइते

Image
सांकेतिक फोटो

धनगढी – कैलालीको चुरेमा भाँसुभीर नजिकै विस्फोटक पदार्थ विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

बुधबार  चुरे गाउँपालिका-३ मा जेसिबीले भीमदत्त राजमार्ग अन्तर्गत सडक-बाटो मर्मत एवं चौडा गर्ने क्रममा विस्फोट भएको प्रहरीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बीस्फाेटक पदार्थ पड्किदा जेसिबी चालकसहित ४ जना घाइते भएकाे बताए ।

उनीहरू मध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरूकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र
कञ्चनपुरका नवीन देव अवस्थी छन् ।

उक्त विस्फोटक पदार्थ सशस्त्र द्वन्दका बेला राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।