कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो

अत्तरिया – कार्य सम्पादन मूल्याङ्कनमा कैलालीमा गोदावरी नगरपालिका पहिलो रहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार गोदावरी नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४२.७८ अङ्क प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको घोडाघोडी नगरपालिकाले ४२.४३ अङ्क प्राप्त गरेको छ ।

maya metro hospital

कार्य सम्पादन मूल्याङ्कनमा कैलालीमा सबैभन्दा कम अङ्क गौरीगंगा नगरपालिकाले प्राप्त गरेको छ । गौरीगङ्गाले १७.७५ अङ्क मात्रै पाएको हो । कार्यसम्पादन मूल्याङ्कनमा कैलारी गाउँपालिकाले ४१.३८ अङ्क, जानकी गाउँपालिकाले ३६ं.४८ अङ्क, धनगढी उपमहानगरपालिकाले ३४.७३ अङ्क र टिकापुर नगरपालिकाले ३३.५२ अङ्क पाएको छ ।

citizen security services

यसै गरी, जोशीपुर गाउँपालिकाले २८.१३ अङ्क, चुरे गाउँपालिकाले २७.८८ अङ्क, बर्दगोरीया गाउँपालिकाले २५.६३ अङ्क, मोहन्याल गाउँपालिकाले २४.५५ अङ्क भजनी नगरपालिकाले २३.२८ अङ्क र लम्किचुहा नगरपालिकाले १९.५१ अङ्क प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचक राखिएका थिए ।

attariya hospital

जसमा पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८० र ८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा तथा नगर सभामा पेस गरेर नगरेको, गाउँ कार्यपालिका नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा वाट २०७९ असार मसान्तभित्र पारित गरेर नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० मा घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बाफत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरेर नगरेको लगायतका सूचक राखिएका छन ।

विस्तृत हेर्न यहाँ  क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.