गोदावरीको एक महिनाको खाजा खर्च ५ लाख

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले खाना तथा खाजामा ह्वात्तै खर्च गर्ने गरेको देखिएको छ । माघ महिनामा मात्रै गोदावरीले ५ लाख रुपैया उक्त शिर्षकमा खर्च गरेको छ ।

Karma Consultancy
belauri nagarpalika

चालु आर्थिक वर्षको पुष मसान्त सम्म कुल १७ लाख १ हजार ३८ रुपैया खाजा तथा खानामा खर्च गरेको गोदावरीले त्यसयता माघसम्म २२ लाख १७ हजार रुपैया खर्च गरेको छ । यसरी हेर्दा नगरले एक महिनामा मात्रै ५ लाख १५ हजार ९६२ रुपैया खर्च गरेको देखिन्छ ।

citizen security services

नगरमा हुने विभिन्न बैठक, तथा कार्यक्रमहरुमा मात्रै उक्त रकम बराबरको खाना तथा खाजा खर्च भएको बुझिएको छ । नगरको आन्तरिक स्रोत कम हुँदा नगरको बजेटमा प्रत्यक्ष असर परिरहेको अवस्थामा नगरले खाजा तथा खानामा मात्रै मासिक ५ लाख बढी खर्च गरिरहेको हो ।

attariya hospital

अन्य विकास निर्माणका कार्यहरुमा बजेट अभाव भयो भन्ने नगरपालिका खाना तथा खाजामा भने खुलेरै बजेट खर्च गरिरहेको छ । नगरपालिकाले माघ ४ गते आफ्नो प्रशासकिय भवन उद्घाटन गरेको थियो । भवन उद्घाटनमा भएको खाजाको पनि केही रकम भुक्तानी भएपनि अझै केही रकम भने भुक्तानी हुन बाँकी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.