धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका-२ रातोपुल बस्ने व्यवसायी मीनबहादुर खत्रीको निधन भएको छ । सुदूरपश्चिम बस व्यवसायी संघका पूर्व उपाध्यक्ष समेत रहेका उनको बुधवार निधन भएको हो ।

उनी धनगढीको हरि आयल स्टोर, हरि ट्रेड र हरि फूड प्रोडक्टका सञ्चालक हुन् । मीनबहादुर राप्रपाका पूर्व कैलाली जिल्ला अध्यक्षसमेत हुन् ।
