टीकापुर – कैलालीको टीकापुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका – १ स्थित होटल ग्रीन एसियामा कार्यरत ३५ वर्षीय शैलेश कुमार भुलको करेन्ट लागेर मृत्यु भएको हो ।

बर्दियाको राजापुर नगरपालिका –२ भीम्मापुरका भूल विगत चार वर्षदेखि टीकापुर स्थित एक होटलमा कार्यरत थिए ।

विद्युतको पोलबाट भुइँमा खसेको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका भूल भुलको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।
