खाेज्नुहाेस

कैलालीमा सामुदायिक वन फँडानी गरिएपछि अध्यक्ष पक्राउ

Image
navjiwan hospital

कैलाली- कैलालीको भजनीमा रहेको सरस्वती सामुदायिक वनमा फँडानी गरिएपछि अध्यक्ष वुधराम चौधरी पक्राउ परेका छन् । सामुदायिक वनले झाडी सफा गर्ने भन्दै ठुला काठहरूसमेत कटानी गरेपछि नेकपाको युवा संगठनले उनलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको हो ।

सब डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश भट्टराईले सोधपुछका लागि अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएको बताए । सामुदायिक वनको वार्षिक कार्यक्रम अनुसार झाडी सफा गर्ने नीति भएपनि काठहरूसमेत काटिएको भन्दै युवाहरूले विरोध गरेका हुन् । भट्टराईले वार्षिक कार्यक्रम र जंगलमा फँडानी भएका काठको विषयमा अनुसन्धान भइरहेको बताए ।

attariya hospital