कञ्चनपुरमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-९ व्रह्मदेव बजारस्थित बिगमबरा होटेलबाट बरेली रसोला तालिब हुसेइन महल्ला भारत बस्ने ३५ वर्षीय रहद अहमद पक्राउ परेका हुन् ।

Karma Consultancy

उनलाई ९.१५ ग्राम लागुऔषधसहित मंगलवार साँझ नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय व्रह्मदेव, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको टोलीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.