
कञ्चनपुर- कञ्चनपुरको कृष्णपुरमा चरेस र खैरो हिरोइनसहित एक पसल सञ्चालक पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका-७ रेलडण्डि कलुवापुरबाट २१.६३ ग्राम लागुपदार्थ (चरेस) र ५० मिलिग्राम (खैरो हिरोइन)सहित सोही ठाउँका ३० वर्षीय नरेन्द्र चुनारा पक्राउ परेका हुन् ।
उनलाई आफ्नै घरमा रहेको मदिरा पसलमा लुकाई छिपाई राखेको अवस्थामा लागुपदार्थ फेला पारी मंगलवार पक्राउ गरेको इलाका प्रहरी कार्यालय रैकवार विचवाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

















