धनगढी – कैलालीका बिभिन्न स्थानबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी र कैलारीबाट लागूऔषध सहित ४ जना पक्राउ परेका हुन ।

धनगढी उपमहानगरपालिका– २ त्रिनगरबाट लागूऔषधसहित सोही ठाउँ बस्ने ३९ वर्षीय सविन दाहाल र धनगढी उपमहानगरपालिका–१ बस्ने बर्ष २६ वर्षीय विवेक गुप्ता पक्राउ परेका छन । उनीहरुको साथबाट ६८० मिलिग्राम लागूऔषध सहित मोटरसाईकल १ थान समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैगरी कैलारी गाउँपालिका–३ शिबरत्नपुर स्थित जङगलबाट २ ग्राम २८० मिलिग्राम लागूऔषधसहित सोही ठाउँ बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरीलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो। यी दुबै जनालाई ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो।
