गोदावरीमा खानेपानीको गुणस्तर परिक्षण गर्न १३ नमूना संकलन

अत्तरिया – कैलालीको गोदावरी क्षेत्रमा खानेपानीको गुणस्तर परिक्षण गर्न १३ वटा नमूना संकलन गरिएको छ । अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत वितरित पानीको गुणस्तर जाँच गर्नको लागि घुम्ति शिविर अन्तरगत नमूना संकलन गरिएको हो ।

maya metro hospital

परिक्षणका लागि गोदावरीको वडा नम्बर १, २ र ४ का विभिन्न क्षेत्रबाट नमूमा संकलन गरिएको खानेपानी संस्थाको प्रशासन शाखा प्रमुख यादव फुलाराले बताए । उक्त नमूना संघिय सरकारको खानेपानी गुणस्तर कार्यालय धनगढीमा परिक्षण गरिने उनले बताए । परिक्षणको नतिजा बिहिबार सम्म आउने जनाइएको छ ।

citizen security services

संकलन गरिएका नमूनाको धमिलोपना, हाइड्रोजन विभव, विद्युतीय संवाहकता, क्लोरिन अवशेष, कुल कडापन, फलाम, मेगाजिन, फ्लोराइड, अमोनिया, नाइट्रेट र ई–कोली परिक्षण गरिने अत्तरिया खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

attariya hospital

हाल अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अन्तरगत ४ हजार ८८० उपभोक्ता रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.