गोदावरीको कान्जी हाउसमा गाईका कङ्कालै कङ्काल

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–९ भल्कामा गौ-संरक्षणका लागि निर्माण गरिएको कान्जी हाउसमा गाईका कङ्कालै कङ्काल पाइएका छन् । कान्जी हाउसमा सयभन्दा बढी गाईका कङ्काल छरपस्ट अवस्थामा रहेका पाएइका हुन् ।

maya metro hospital

कान्जी हाउस रहेको सो वडाका अध्यक्ष रामलाल रानाले लक्ष्मी सामुदायिक वनमा गाई मरेका फेला परेका बताए । उनले कङ्कालहरू पुराना रहेका बताउँदै सामुदायिक वनले कान्जी हाउस बनाएको र हेरालुहरू पनि राखिएको बताए ।

lotus school

उनका अनुसार स्थानीयले आफ्नो बाली जोगाउन छाडा चौपायालाई कान्जी हाउसमा लगेर थुन्ने गरेका थिए । खानापानी नपाएर, चिसो तथा रोगका कारण मरेका हुनसक्ने अनुमान गरिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.