सुदूरपश्चिम सरकारद्धारा अभियन्ता सहित १४८ स्वयंसेवक माग, तलब २२ हजार सम्म

 

अत्तरिया – सुदूरपश्चिम सरकारले सामाजिक विकास अभियान्ता सहित १४८ जना स्वयंसेवक माग गरेको छ । प्रदेशको समाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेश स्वयसेवक परिचालन कार्यविधि अनुसार प्रदेशका ९ वटै जिल्लाका लागि स्वयसेवक माग गरेको हो ।

maya metro hospital

जसमा सामाजिक विकास अभियन्ता १८, हेल्थ असिस्टेन्ट ९, स्टापनर्स २२, कृषि, भेटनरी प्राविधिक १८, स्वयसेवक शिक्षक ७२ र खेलकुद प्रशिक्षक ९ जना माग गरिएको छ ।

इच्छुकले मन्त्रालयको वेभसाइटबाट फारम डाउनलोड गरी आवेदन दिन सक्ने जनाइएको छ ।

attariya hospital

स्वयंसेवकको तलब प्रदेशका जिल्ला अनुसार फरक फरक तोकिएको छ । जसमा दार्चुला बझाङ र बाजुरालाई ‘क’ वर्ग, बैतडी, डडेल्धुरा, डोटी र अछाम जिल्लालाई ‘ख’ वर्ग र कैलाली र कञ्चनपुरलाई ‘ग’ वर्गमा राखिएको छ ।

जसअनुसार सबैभन्दा वढी पारश्रमिक सामाजिक अभियन्ताको तोकिएको छ । जसमा क वर्गमा २२ हजार ४ सय, ख वर्गमा २१ हजार ९ सय ग वर्गमा १९ हजार ४ सय तोकिएको छ । यस्तै सबैभन्दा कम खेलकुद प्रशिक्षकको पारश्रमिक तोकिएको छ । जसमा क वर्गमा १८ हजार ८ सय, ख वर्गमा १८ हजार ३ सय, ग वर्गमा १५ हजार ८ सय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.