गोदावरीमा सेटिङमा उपभोक्ता समिति गठन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र प्रक्रिया मिचेर सेटिङमा उपभोक्ता समिति बनाएर काम गरिरहेको पाइएको छ । वडा नम्बर ४ मा सेटिङमा उपस्थित नै नभएकी वडा सदस्य रेसमी देवी चौधरीको रोहबरमा भेला गरेको माइन्युट बनाएर ३० लाखको योजना कार्यान्वयन भइरहको हो । जनप्रतिनिधिको नाम दुरुपयोग गरिएको भेलाबाट उपभोक्ता समिति मात्रै नभएर योजनाको अनुगमन समिति, योजना कार्यान्वयन गर्ने स्थल र योजना सम्बन्धित कार्यालयमा सम्झौता गर्ने सम्मका निर्णय गरिएका छन ।

maya metro hospital

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट खैराना खोलामा तटबन्धन गर्न आएको योजना कार्यान्वयन गर्न नेपाली कांग्रेसका वडा सभापतिले नै भेलामा उपस्थित नभएका जनप्रतिनिधिको रोहबरमा माइनुट गरेर आफै उपभोक्ता समितिको अध्यक्ष बनी कागजात कार्यालयमा पेश गरेका छन । कार्यालयमा वडा भेला बसेको भनी खिचिएको फोटो पनि फर्जी पेश गरिएको छ ।

lotus school

पुस १९ गते वडा सदस्यको रोहबरमा बसेको भनिएको बैठकमा आफू उपस्थित नरहनेको र बैठकका बारेमा जानकारी नभएको भिडियो सार्वजनिक भएपछि भने उनले पनि बोली फेरेकी छिन । भिडियोमा उनले आफूलाई समिति गठन भएको जानकारी नभएको बताएकी थिइन । पछि भने उनले आफूलाई सो कुरा बोल्न लगाइएको बताएकी छिन । उनले आफूलाई बोल्न नआउने भएकाले सिकाए अनुसार बोलेको बताइन् ।

attariya hospital

‘त्यो दिन मुद्दा चलेकोले म धनगढीमा थिए । बैठक बस्ने खबर त गरेका हुन’ उनले भनिन् ‘तिनीहरु मेरै रोहबरमा बसेका छन । म उपस्थित नभएपनि केही बिगार भएको छैन । मलाई बोल्न नआउने भनेकाले अस्ति मैले बैठकको बारेमा जानकारी थिएन भनेकी हु ।’ उनले दोस्रो दिन घरमै रजिस्टर लिएर आएपछि हस्ताक्षर गरेको बताइन् । ‘मैले के को लागि साइन गराउँदै हुनुहुन्छ भनेर सोधेन’ उनले भनिन ‘म बैठकमा उपस्थित नभएको सही हो । अब जे भयो भैग्यो ।’
वडा सदस्य चौधरी पनि नेपाली कांग्रेसबाटै निर्वाचित भएकाले दवावमा बोली फेरेको हुन सक्ने स्थानीय पुष्प सुवेदीले बताए । उनले उपभोक्ता समिति गठन गर्दा भेला नै नबसेको बताए । उनले पार्टीकै सभापति उपभोक्ता समितिमा बस्न नमिल्ने भएपनि वडामा एकै व्यक्ति दोहोरिएर उपभोक्ता समिति निर्माण भइरहेको बताए । ‘वडामा जति योजना आएपनि एउटै सर्कल भित्र उपभोक्ता समिति गठन हुन्छ’ उनले भने ‘त्यो सर्कल भन्दा बाहिरकालाई न जानकारी गराइन्छ । न सहभागि ।’ उनले भेलाको माइनुट घर घरमै रजिस्टर घुमाएर गरिने गरिएको बताए ।

उपभोक्ता समितिको सदस्य रहेका विरभान चौधरीले पनि आफूलाई घरमै हस्ताक्षर गर्न लगाइएको बताए । उनले भने ‘मलाई पढ्न पनि आउँदैन । समितिमा राखिदिएका छौ भनेपछि हस्ताक्षर गरेको हु । म भेलामा सहभागि थिएन ।’
उपभोक्ता समितिका अध्यक्ष शालिभान रावलले भने वडा सदस्य धनगढी गएपनि आफुहरुलाई भेला बस्न भनेर गएको जिकिर गरे । उनले भेलामा सबैसँग छलफल भएको दावी गरे । कांग्रेसका वडा सभापति समेत रहेका उनले आफूले उपभोक्ता समितिमा बस्न मिल्ने नमिल्ने बारेमा आफूलाई जानकारी नभएको बताए ।

स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ मा पनि स्थानीय निकायका बहालवाला पदाधिकारी, राजनीतिक दलको प्रतिनिधिको रूपमा स्थानीय निकायको कुनै पनि पदमा आसीन व्यक्ति, बहालबाला सरकारी कर्मचारी, शिक्षक, निर्माण व्यवसायी, सरकारी पेश्की वा बेरुजु फछर्यौट नगरेका व्यक्तिहरू, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाई उक्त सजाय भुक्तान गरेको तीन वर्ष ननाघेको व्यक्ति, सार्वजनिक सम्पति हिनामिना गरेका व्यक्ति उपभोक्ता समितिका सदस्य हुन नपाउने उल्लेख छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कैलालीका प्रमुख अमर बहादुर पालले समिति गठनमा प्रक्रिया नमिलेको गुनासो सुने पनि अधिकारी जानकारी नआएको बताए । उनले वडा अध्यक्षकै सिफारिसमा कार्यालयमा कागजात आएकाले आफूले काम अगाडि बढाएको बताए । उनले स्थानीयको लिखित रुपमा गुनासो आए छानविन गरिने बताए ।

वडा अध्यक्ष हेम प्रकाश मल्लले भने वडा सदस्यको रोहबरमा भेला भएको भनेर कागजपत्र कार्यालयमा आएपछि सिफारिस गरेर मात्रै पठाएको बताए । उनले भेला नै नगरी समिति बनाएको भन्ने सुन्नामा आएकाले आफूले बुझेर मात्रै बोल्न सक्ने बताए ।

खैराना नदीमा हाल उपभोक्ता समिति मार्फत तटबन्ध निर्माणको काम भइरहेको छ । ३० लाखको लागतमा हाल १२९ मिटर तटबन्ध निर्माण गर्न लागिएको हो । जसका म्याद जेठ मसान्त सम्म तोकिएको छ । स्थानीयले भने सेटिङमा उपभोक्ता समिति गठन गरिएकाले रकमको दुरुपयोग हुने आशंका व्यक्त गरेका छन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.