
दाङ- दाङमा सिकार खेल्न गएका एक युवकको बन्दुकले लागेर मृत्यु भएको छ । बबई गाउँपालिका–४ घर भएका विमल भनिने २४ वर्षका तेजलाल खत्रीको बन्दुकले लागेर मृत्यु भएको हो ।

उनको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय खितलपुर दाङले जनाएको छ । प्रहरीका अनुसार सिकार खेल्न खत्रीसहित ११/१२ जनाको समूह शान्तिनगर गाउँपालिका–१ को वनमा जाने क्रममा मल्ले छहरे खोलामा घटना भएको थियो । घटनापछि समूहमा रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
