नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल ९ विकेटले विजयी

आइसीसी क्रिकेट विश्वकप लिग– २ को दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल ९ विकेटले विजयी भएको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ९ विकेटले विजयी भएको हो ।

maya metro hospital

नेपालले १५.२ ओभरमै लक्ष्य भेट्टाएको हो । नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धसतक प्रहार गर्दै अविजित रहे । साहले ३६ बलमा ४ छक्का र ६ चौकासहित ५७ रन बनाए। ओपनर शेखले ४५ बलमा १ छक्का र ८ चौक्कासहित ५४ रन बनाउन सफल भए ।

त्यस अगाडि ओपनर कुशल भुर्तेलले ११ बलमा ३ छक्का २ चौकासहित २८ रन बनाएर क्याच आउट भएका थिए । यस अगाडि टस जितेर बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए। त्यसैगरी ललित राजबंशीले २ विकेट, सोमपाल कामी र रोहित पौडेलले समान १÷१ विकेट लिए । उत्कृष्ट फिल्डिङ गर्दै खेलमा भीम सार्की र ललित राजबंशीले एक जनालाई र कुशल मल्लले एक खेलाडीलाई रन आउट गराएका थिए ।

attariya hospital

नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए । त्यसैगरी बास डे लिडले २७ रन, साइब्रान्ड एंगलब्रेक्टले २३ रन, नोआह क्रोसले १२ रन, आर्यन दत्त र म्याक्स ओ’डाउडले १०÷१० रन बनाए । काइल क्लेनले ११ रन बनाउँदै अविजित रहे । अन्य खेलाडिले दोहोरो अंक बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.