कैलाली र कञ्चनपुरबाट ४ लाख बढीका अवैध सामान बरामद

धनगढी – कैलाली र कञ्चनपुरबाट ४ लाख बढीका अवैध सामान बरामद गरिएको छ । कैलालीको धनगढी, कञ्चनपुरको भीमदत्त र बेलौरीबाट अवैध सामान बरामद गरिएको हो ।

maya metro hospital

धनगढी उपमहानगरपालिका–२ चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ३४ हजार ३६० मूल्यको प्याज, चना, मटर, जिरा, प्लाष्टिक, पतन्जलीका बिभिन्न औषधि लगायतका सामान बरामद गरिएको छ ।

धनगढी–९ मसानघाटबाट ११ हजार ९ सय मूल्यको चिनी, प्याज, बिडी, गुट्खा, प्लाष्टिक लगायतका सामान र धनगढी उपमहानगरपालिका १८ ‘एफ’ गाँउबाट २ लाख मूल्यको ठेला १० थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

कञ्चनपुरकोे भीमदत्त नगरपालिका–१६ मझँगाउबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख १ हजार ६ सय मूल्यको खानेतेल, दाल, मिठाई, नरिवल, कपडा, खुर्सानी, लेडिज सुट बरामद गरिएको छ ।

बेलौरी नगरपालिका–६ भुराकोटबाट ४७ हजारको प्याज, चिनी, मैदा, कुकरे, नमकिन, पापड लगायतका सामान र दोधारा चाँदनी नगरपालिका–४ झोलुङगे पुल नजिकबाट २४ हजार मूल्यको कुखुरालाई चारो खुवाउने प्लाष्टिक भाँडा, चारो, औषधि लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.