आज मौसम सामान्य, भोलि पानी पर्न सक्ने

काठमाडौँ- मौसमविद्ले शनिबार पानी पर्ने सम्भावना नरहेको बताएका छन् । केही क्षेत्रको मौसम आंशिक बदली रहे पनि आज देशभर पानी पर्ने सम्भावना भने नरहेको बताइएको हो ।

maya metro hospital

मौसमविद् प्रतिभा मानन्धरले कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहे पनि पानी पर्ने सम्भावना नरहेको बताइन् । उनका अनुसार देशका अरु ठाउँको मौसम सामान्यतया सफा रहने छ ।

आइतवार पश्चिमी वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिमसहित कोशी, गण्डकी र कर्णाल प्रदेशका पहाडी एक/दुुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.