सशस्त्र प्रहरीद्वारा कञ्चनपुरका ६६ सीमा स्तम्भ रङ्गरोगन

 

महेन्द्रनगर – कञ्चनपुरमा सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ । प्रहरीले सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो । यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरी बलको जिम्मा दिइएका ६६ सीमा स्तम्भ हालै रङ्गरोगन गरिसकिएको बताए ।

maya metro hospital

‘डोकेबजारमा रहेको सीमा स्तम्भ सात सय ५३ देखि भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा रहेको आठ सय १६ सीमा स्तम्भसम्म रहेका बिजोडी सङ्ख्याका स्तम्भ हामीले रङ्गरोगन गरिसकेका छौँ’ उनले भने, ‘जोर सङ्ख्याका स्तम्भहरु भारतीय सीमा सुरक्षा बल ९सएसबी० लाई रङ्गरोगनको जिम्मेवारी दिएअनुरुप गरिसकेको छ ।’

उनले नापी विभाग, स्थानीय प्रशासन र एसएसबीको समेत रहोवरमा सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको काम भएको जानकारी दिए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.