कैलाली र कञ्चनपुरमा अवैध कुखुरा फेला

धनगढी- कैलाली र कञ्चनपुरमा प्रहरीले अवैध कुखुरा फेला पारेको छ । भजनी नगरपालिका–७ दक्षीणपुरामा भन्सार छलीका अन्दाजी ८ हजार ४ सय मूल्यको ३५ केजि ब्रोइलर कुखुरा शुक्रवार प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो ।

maya metro hospital

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ‘ङ’ गाँउबाट भन्सार छलीका अन्दाजी १५ हजार मूल्यको ५० केजि ब्रोइलर कुखुरा शुक्रवार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ब्रोइलर कुखुरा नष्ट गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.