कृष्णपुर– ४ बाट सरकारी नम्बर प्लेटको मोटरसाईकल नियन्त्रणमा

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ मालुबेलाबाट सरकारी नम्बर प्लेटको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

maya metro hospital

मालुबेलामा लाग्ने मेलामा भेटिएको उक्त मोटरसाईकल स्थानियले खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले से.१ ब २४६ नम्बरको उक्त मोटरसाईकल सिँचाई डिभिजन कार्यालय धनगढीको भएको बताएको छ ।

citizen security services

प्रहरीका अनुसार सिँचाई डिभिजन कार्यालय धनगढीका सुब्बा कृष्ण दत्त भट्टका छोराले उक्त मोटरसाईकल मालुमेलामा लाग्ने मेलामा लगेका थिए । आवश्यक कारबाहीका लागि उक्त मोटरसाईकल सिँचाई कार्यालयमै पठाईने झलारी प्रहरीले जनाएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.