बैतडीमा भन्सार छलीका सामान बरामद

बैतडी- बैतडीमा भन्सार छलीका सामान बरामद गरिएको छ । दशरथचन्द नगरपालिका-४ कल्वारमोडबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका ८ हजार ५७० मूल्य बराबरका सामान बरामद गरिएको हो ।

maya metro hospital

चिनी, बिडी, प्लास्टिक, सलाई लगायतका सामान बरामद गरी शुक्रवार आवश्यक कारबाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.