सुदूरपश्चिममा परियार सेवा समाज गठन

अत्तरिया – सुदूरपश्चिममा परियार सेवा समाज गठन गरिएको छ । धनगढीमा सम्पन्न परियार सेवा समाज सुदूरपश्चिम प्रदेशको भेलाबाट समाजको गठन गरिएको हो । भेलाबाट गणेश नेपालीको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति चयन गरिएको छ । नेपाली नेपाल दलित संघ कंचनपुरका अध्यक्ष समेत हुन ।

maya metro hospital

समितिको उपाध्यक्षमा टेकबहादुर परियार, विष्णु नेपाली र प्रदिप मलासी रहेका छन् । त्यसैगगरी सचिवमा दुर्गा नेपाली, सह–सचिवमा सन्तोष रैगाई, कोषाध्यक्षमा रमेश नेपाली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मोहन दमाई, हरी नेपाली, लालु दास, नरेश नेपाली, अनिल रैगाई, प्रकाश सुनकोशी, तिलक परियार, वीर बहादुर नेपाली, गणेश नेपाली र खेमा परियार चयन भएका छन् ।

joshi vada pasal 2

परियार समुदाय बीच एकता, सद्भाव आपसी हित, अधिकार, समानता, न्याय र पहिचानको संरक्षण एंव सम्बद्घन गर्ने उद्घेश्यले समाज गठन गरिएको परियार सेवा समाज कैलालीका अध्यक्ष एंवम् धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य चक्र नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.