सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीको कञ्चनपुरमा पुत्ला दहन

धनगढी- कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला दहन गरिएको छ । मङ्गलवार विद्यार्थी संगठनहरूले सामाजिक विकास मन्त्री साउँदको पुत्ला जलाएका हुन् ।

maya metro hospital

प्रदेशको सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको भन्दै पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघका नेता वासुदेव न्यौपानेले बताए । प्रदेशको सामाजिक विकास मन्त्रालयको अन्योलपूर्ण पत्रका कारण भर्ना रोकिएको भन्दै मन्त्री साउँदको पुत्ला जलाउँदै विद्यार्थी संगठनहरू आन्दोलित भएका छन् ।

joshi vada pasal 2

‘प्रदेश सरकारको गैरजिम्मेवारपन अज्ञानताका कारण प्रदेश सरकारले चिकित्सा शिक्षा आयोगलाई गरेको परिपत्र नै अन्योलपूर्ण मात्र नभई चिकित्सा शिक्षा आयोगले नै उक्त पत्र हामीसँग सम्बन्धित नभएको ठहर गर्यो । चिकित्सा शिक्षा आयोगले युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल पढ्नलाई ४ गतेको अन्तिम भर्नाको समय राहुललाई दिइएको थियो तर प्रदेशको सम्बन्धित परिपत्र समयमा नभएका कारण राहुल एमबीबीएसको भर्नाबाट अलग भए र अहिले वैकल्पिक बाटो कुरेर बसिरहेका छन्’, विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.