कैलालीमा लागुऔषधसहित तीन युवायुवती पक्राउ

कैलाली- कैलालीमा लागुऔषधसहित तीन जना युवायुवती पक्राउ परेका छन् । गोदावरी नगरपालिका-१ भरतपुरबाट ३ ग्राम ४१० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका १९ वर्षीय रमेश बडैला पक्राउ परेका हुन् ।

maya metro hospital

उनलाई सोमवार इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले घरबाटै पक्राउ गरेको बताएको छ । धनगढी उपमहानगरपालिका-४ तुल्सीराम मावि नजिकबाट २ ग्राम लागुऔषधसहित सोही ठाँउका ३६ वर्षीय भरत चौधरी र २० वर्षीया सिर्जना चौधरी पक्राउ परेका छन् ।

joshi vada pasal 2

अस्थायी प्रहरी पोष्ट शिवपुरीधामको टोलीले उनीहरुलाई सोमवार पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.