कञ्चनपुरमा अवैध सामान फेला

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले अवैध सामान फेला पारेको छ । भीमदत्त नगरपालिका-१० तिनतारा र वडा नम्बर ११ चौकीसत्तामा सोमबार बेवारिसे अवस्थामा अवैध सामान फेला पारेको हो ।

maya metro hospital

इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले एक लाख १४ हजार २० रुपैयाँ बराबरको चिनी, मिस्री, तेल, दाल, सोडा, सुट, जुत्ता, चप्पल र टावेललगायतका सामान बेवारीसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरिएको बताएको छ ।

citizen security services

बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.