बैतडीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि मेलौलीलाई

बैतडी- बैतडीमा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । मेलौलीले १४ स्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।

maya metro hospital

पुर्चौडी नगरपालिका ६ स्वर्ण, ३ रजत र ६ कास्यसहित द्वितीय भएको छ भने दोगडाकेदार गाउँपालिका ६ स्वर्ण, ३ रजत र ५ कास्यसहित तृतीय भएको छ । त्यस्तै, पाटन नगरपालिकाले ५ स्वर्ण ९ रजत र १ कास्य, सिगास गाउँपालिकाले ५ स्वर्ण १ रजत १ कास्य, शिवनाथ गाउँपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य, दशरथचन्द नगरपालिपाले स्वर्ण २, १३ रजत र १२ कास्य जितेको छ ।

joshi vada pasal 2

डिलासैनी गाउँपालिकाले १ स्वर्ण, ५ रजत र ८ कास्य, सुर्नया गाउँपालिकाले १ स्वर्ण, ४ कास्य जितेको छ भने पञ्चेश्वर गाउँपालिका पदकविहीन बनेको छ । गत वर्ष पनि मेलौलीले प्रतियोगिताको उपाधि जितेको थियो । मेलौलीको भगवती मन्दिर प्राङ्गणमा माघ २६ गतेदेखि सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.