कञ्चनपुरको बेलौरीमा चितुवा, खोज्न नसक्दा फर्कियो वनको टोली

बेलौरी- कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्तीमै चितुवा देखिन थालेको छ । पछिल्लो केही दिनयता कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवास, बेलौरी र बेल्डाँडीमा चितुवा देखिइरहेको हो ।

maya metro hospital

आज मात्रै बेलौरी नगरपालिका-१० भुडा बन्डजलामा उखुबारीमा चितुवाले चितल मारेको पाइएको सब डिभिजन वन कार्यालय पचगडियाका प्रमुख दिनेश कुमार यादवले बताए । मृत चितललाई स्थानीय, प्रहरी, जनप्रतिनिधिको रोहबरमा खाल्डोमा पुरिएको छ ।

चितुवा देखिएको क्षेत्रमा करिब १ सय बिघा बाक्लो उखुखेती रहेकोले खोज्न कठिनाइ हुँदा वनको टोली फिर्ता गएको यादवले बताए । बस्तीमा चितुवा देखिन थालेपछि स्थानीय त्रसित बनेका छ्न् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.