बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका-७ थामका ३० वर्षीय वीरेन्द्र विष्ट भारतमा हराएका छन् । बेङ्गलोरको एक होटेलमा काम गर्दै आएका विष्ट तीन दिनदेखि बेपत्ता रहेका उनका आफन्त नरेशसिंह विष्टले बताए ।
कोठाबाट साबुन ल्याउन भनी निस्केका उनी अहिले सम्म सम्पर्कमा नआएका विष्टका भाइ भानि विष्टले बताए । उनलाई कसैले देखे ९७३१५७७६८३ र ९९१६९१३६५० मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।