यू–१९ विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो, भारत स्तब्ध

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । फाइनलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको हो ।

maya metro hospital

आइतबार अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारत ४३।५ ओभरमा १७४ रनमा अलआउट भयो। भारतका लागि ओपनर आदर्श सिंहले ४७ रन जोड्दा उनका ओपनिङ पार्टनर अर्शिन कुलकर्नी ३ रनमा आउट भए।

मुशीर खानले २२ रन जोड्दा भातरका त्यसपछिका चार ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। मुरुगन अभिषेकले ४२ रन जोडे पनि भारतले जिततर्फ अघि बढ्न सकेन। भारतलाई सस्तैमा रोक्ने क्रममा अस्ट्रेलियाका महली ब्रेडम्यान र रफ म्याकमिलनले ३(३ विकेट लिए। कोलुम भिडलरले २ विकेट लिए।

attariya hospital

त्यसअघि दक्षिण अफ्रिकाको बेनोनीमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २५३ रन जोड्यो। अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रनको योगदान गरे। उनले ६४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

ओपनर ह्यारी डिक्सनले ४२ रन र कप्तान ह्युज वेइबगेनले ४८ रन बनाए। यस्तै ओलिभर पिकले नटआउट ४६ रनको योगदान गरे। बलिङमा भारतका राज लिम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २ विकेट हात पारे।

अस्ट्रेलियाले चौथो पटक आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.