बेलौरीमा लागुऔषध सहित दुई २ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा लागुऔषध खैरो हेरोइन सहित दुई २ जनालाई पक्राउ छ ।

maya metro hospital

आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका -७ पौलाहबाट १३.६ ग्राम खैरो हेरोइन सहित कैलालीका दुई जनालाई पक्राउ गरेको हो ।

joshi vada pasal 2

पक्राउ पर्ने जिल्ला कैलाली गौरीगंगा नगरपालिका -८ बडयापुर बस्ने सन्दिप किशोर सिंह र सोही नगरपालिका वडा नम्बर ९ शंकरपुर बस्ने जनक सापकोटा हुन ।

शंका लागि चेकजाँच गर्ने क्रममा निजहरुको साथ बाट शुद्ध तौल १३.०६ ग्राम लागु औषध खैरोहिरोईन जस्तो देखिने पदार्थ फेला पारी दुई जनामाथि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.